नबिल बैंकको मुनाफामा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नबिल बैंकको मुनाफामा सामान्य वृद्धि



काठमाडौं। नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा गत वर्ष भन्दा जम्मा ५ दशमलव १४ प्रतिशतले वृद्धि गरी १ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ कमाउन सफल भएको छ भने गत वर्ष सोहि अवधिमा १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ कमाएको थियो ।

६ अर्ब १८ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेबिल बैंकले ३० दशमलव ०७ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । जसले जगेडाकोषमा ७ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ राखिएको छ । बैंकले निक्षेपमा सामान्य वृद्धि गरी कर्जामा १ खर्ब ८५ करोड १९ लाख रुपैयाँ लगानी गरेकोे छ । गत बर्ष सोहि अवधिमा ६४ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ कर्जा पु¥याएकोे थियो ।

बैंकको खुद व्याज आम्दानीमा १० दशमलव १४ प्रतिशत र सञ्चालन मुनाफा ४ दशमलव २१ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ४५ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) २३ दशमलव ३७ गुणा, प्रति शेयर नेटवर्थ १ सय ९८ रुपैयाँ, जोखिम युक्त सम्पति १२ दशमलव ६१ प्रतिशत र निष्कृय कर्जा १ दशमलव १३ प्रतिशत रहेको छ।

प्रकाशित : १५ माघ २०७४, सोमबार १२:२५