३ दशमलव ७२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव ७२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ७२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका ट्रेडिड. र जलविधुत समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १६० कम्पनीको ७ लाख १५ हजार ८सय ५४ कित्ता सेयरबाट २८ करोड ५५ लाख ३६ हजार ४ सय २४ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह २१ दशमलव ३६ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह ५ दशमलव ७१ अंकले ,बैँक समुह ४ दशमलव ०४ अंकले, फाइनान्स समुह ३ दशमलव ७८ अंकले, लघुवित्त समुह ३ दशमलव ५८ अंकले, अन्य समुह ३ दशमलव ०१ अंकले र इन्स्योरेन्स समुह ० दशमलव ६५ अंकले ओरालो लागेको छ।
सोमबार ट्रेडिड. र जलविधुत समुह भने उकालो लागेको छ । आज ट्रेडिड. समुह ६ दशमलव ३३ अंकले उकालो लागेको छ भने जलविधुत समुह १ दशमलव १४ अंकले उकालो लागेको छ।

प्रकाशित : १५ माघ २०७४, सोमबार १५:१९