प्रिमियर इन्स्योरेन्सको एफपीओ विहिबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिमियर इन्स्योरेन्सको एफपीओ विहिबार बाँडफाँड हुने



काठमाडौं, माघ १६ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड को फर्दर पब्लिक अफरिङ  विहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको एफपीओ विहिबार बाँडफाँड हुने भएको हो ।

कम्पनीको एफपीओमा ३ अर्ब २२ करोड ५८ लाख रुपैयााँको आवेदन परेको थियो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १ लाख ८६ हजार ८४६ आवेदकबाट सो परिणामको आवेदन परेको हो ।

कम्पनीले पुस १६ गतेबाट पुस १९ गतेसम्म एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ निष्कासन गरेको हो । अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपिओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १७ माघ २०७४, बुधबार ११:२२