खाद्य संस्थानमा जागीर खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खाद्य संस्थानमा जागीर खुल्याे



काठमाडौं । खाद्य संस्थानले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० जना कर्मचारी मागेकाे छ । साे संस्थानले सहायकदेखि वरिष्ठ अधिकृतसम्म माग गरेको हो । संस्थानले सबैभन्दा धेरै सहायक (प्रशासन) मा ६ जना माग गरेको छ भने सहायकमा खुल्ला तर्फ ३, महिला, आदीबासी र मधेसी तर्फ १, १ जना माग गरेको छ ।

बरिष्ठ अधिकृत (कानून), बरिष्ठ अधिकृत (गुण नियन्त्रक), बरिष्ठ अधिकृत (मिल मेकानिक्स), बरिष्ठ अधिकृत (प्रशासन), अधिकृत (सिभिल इन्जिनियर), अधिकृत (गुण नियन्त्रक), अधिकृत (मिल मेकानिक्स), बरिष्ठ सहायक (मिल अपरेटर) मा १,१ जना खुल्ला तर्फ माग गरेकाे संस्थानले वताएकाे छ ।

उता अधिकृत (प्रशासन) मा ४ जना माग गरिएको छ । अधिकृत तर्फ खुल्ला २ जना, मधेसी र दलिततर्फ १, १ जना माग गरिएको छ भने बरिष्ट सहायक (प्रशासनमा २ जना माग गरिएको छ । सो पदमा खुल्ला र महिला तर्फ १,१ जना माग गरिएको छ ।

संस्थानका अनुसार लिखित तथा अन्तरवार्ताबाट कर्मचारी छनोट गर्ने जानकारी दिएको छ । नेपाल बैंक धर्मपथ शाखाको खाता नम्बर ००२३०४००४९७५९२०००००१ मा ५० रुपैयाँ दरखास्त फारमका लागि ५० बुझाउनु पर्नेउल्लेख गरेकाे छ । दरखास्त फारम संस्थानको प्रधान कार्यालय, भद्रकाली प्लाजा, काठमाडौंबाट प्राप्त गर्न सकिन्छ ।

त्यस्तै फागुन १७ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरी अर्को ७ दिन भित्र दरखास्त बुझाउन सकिन्ने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : १७ माघ २०७४, बुधबार १३:३८