२ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ दशमलव २६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स २ दशमलव २६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएका जलविधुत, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५६ कमपनीको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयरबाट ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३५ दशमलव ९२ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह ३१ दशमलव ३४ अंकले, विकास बैँक समुह १० दशमलव १७ अंकले, लघुवित्त समुह ८ दशमलव ०४ अंकले, फाइनान्स समुह ५ दशमलव ७२ अंकले, ट्रेडिड. समुह ४ दशमलव २२ अंकले र बैँक समुह १ दशमलव ९७ अंकले उकालो लागेको छ।
आज सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह ८ दशमलव १ अंकले ओरालो लागेको छ । आज अन्य समुह ५ दशमलव ५७ अंकले र उतपादनमुलक समुह ३ दशमलव ४१ अंकले ओरालो लागेको छ।

प्रकाशित : १७ माघ २०७४, बुधबार १५:२४