ज्योति विकास बैंकको शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको शाखा विस्तार



काठमाडौं। ज्योति विकास बैंकले झापाको दमकमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबार दमकमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा दमक नगरपालिका वडा नं ६ का अधक्ष्य टेकबहादुर थापाले उक्त शाखाको संयुक्त उद्घाटन गरे ।

बैंकले निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिएकाे जनाएको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुग्नेछ ।

प्रकाशित : १७ माघ २०७४, बुधबार १६:१३