केश कन्स्ट्रक्सनको नयाँ सोरुम अब जनकपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

केश कन्स्ट्रक्सनको नयाँ सोरुम अब जनकपुरमा



जनकपुर । नेपालमा बिगत लामो समयदेखि अटो मोबाइल क्षेत्रमा निर्माण तथा कन्स्ट्रक्सन मेशीनहरु बिक्री वितरण गर्दै आएको व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले केश कम्पनीका विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरु बिक्री वितरण गर्दै आएको छ । “देशनिर्माणको सारथी”भन्ने नारा सहित बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले अहिले सम्म देशभरी १३ भन्दा बढि स्थानहरुबाट आफ्नो सेवा प्रदानगर्दै आइरहेको छ ।
कम्प्याक्टर,ब्याकहो लोडर, स्किड स्टिर, लगाएतको हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पुर्ण सेवा र मर्मत सम्भार गर्दै आएको कम्पनीले, आफ्ना सबै सोरुमहरु मार्पmत सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा कम्पनीले आफ्ना नयाँ सोरुम  माघ १५ गते जनकपुरमा स्थापना गरेको छ । उक्त उद्घाटन कार्यक्रम,धनुषा उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाह, इटा उद्योग संघका अध्यक्ष बिनयकुमार यादव र जगदम्बा मोटर्स हेवीइक्युपमेन्ट डिभीजनका प्रमुख संजिव देउजाद्वारा संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरिएको छ ।
“देशनिर्माण गर्ने महान अभियानमा आआफ्नो क्षेत्रबाट सबैले योगदान गर्नु पर्ने अभिभारा हामी स

बैमा रहेको र सो क्रममा स्वच्छ सेवा प्रदान गर्नु पर्ने जिम्मेवारी रहेको कुरा कम्पनीका प्रमुख देउजाले बताए । साथै केश कन्स्ट्रक्सन आफ्नो जिम्मेवारीप्रतिकटिबद्व रुपमालागी परेको कुरा पनिउल्लेख गरे । स्थापनाकाल देखि नै निरन्तर आफ्ना ग्रहाकहरुको सन्तुष्टि प्रति सजग रहदै आएको र भविष्यमा पनि रहिरहने कुरा उक्तउद्घाटन कार्यक्रममा उल्लेख गरिएको छ । थ्री एस सुविधा(सेल्स सर्भिस र स्पेयर्स) सम्पन्न सोरुमहरु निरन्तर खोल्दैजाने तयारी गरेको जगदम्बा मोटर्सले जनकपुर पछि देशका विभिन्न स्थानहरुमा पनि खोल्दै जानेतयारी गरेको छ ।

प्रकाशित : १८ माघ २०७४, बिहीबार ११:२५