एनएमबिको विशेष बचतखाता,एनएमबी डिलाइट सेभिङ एकाउण्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबिको विशेष बचतखाता,एनएमबी डिलाइट सेभिङ एकाउण्ट



काठमाडौं। एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुविधा भएको एनएमबी डिलाइट सेभिङ एकाउण्ट ल्याएको छ ।

यसको मुख्य विशेषता भनेकै डिलाइट सेभिङ एकाण्टको एटीएम कार्डले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरुको एटीएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने रहेको छ ।

निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ एकाण्टको अन्य बिशेषताहरु रहेका छन् भने समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ ।

हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १८ माघ २०७४, बिहीबार १४:२९