अर्घाखाँची सिमेन्टमा आन्दोलनकारीको हमला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्घाखाँची सिमेन्टमा आन्दोलनकारीको हमला



काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको मैनैया गाविसस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सञ्चालन गरेको अर्घाखाँची सिमेन्टमा आन्दोलनकारीले तोडफोड गरेका छन् । भैरहवामा रहेको उक्त सिमेन्ट कारखानामा गए राती आन्दोलनकारीले उद्योग तोडफोड गरेको सञ्चालक मुराकाले बताए । आन्दोलनकारीले सुरक्षा गार्डलाई कुटपिट गरी सीसीटिभी समेत फुटाएर तोडफोड गरेको उनले जानकारी दिए । उद्योग भित्र रहेको ट्रिपरलगायतका सामग्रीमा तोडफोड गरेको भन्दै उनले कति क्षति भएको छ भन्ने यथार्थ जनाकारी आइनसकेको जानकारी दिए ।

आन्दोलनकारीले केही दिन अघिदेखिनै उद्योग सञ्चालन नगर्न धम्की दिँदै आएको भएपनि उद्योग भएका सामग्री महासंघले बन्द, हड्तालले अर्थतन्त्र ध्वस्त हुन थालेको भन्दै पटकपटक फिर्ता लिन आग्रह गर्दै आएको थियो ।
तोडफोड गरी कर्मचारी कुटपिट गर्ने कार्य गैरलोकतान्त्रिक र निन्दनी रहेको उनको टिप्पणी छ । हिजो मात्र पनि अध्यक्ष मुरारकासहितको टोलीले आन्दोलनरत मधेशी नेताहरुसँग आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेका थिए ।

प्रकाशित : २४ भाद्र २०७२, बिहीबार १३:४७