पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



काठमाण्डौ । नेपाल आयल निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमको बिहीबार बसेको संचालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्यसूचि आएको भन्दै पेट्रोलियम मूल्यवृद्धि गरेको हो ।

निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँको दरले मूल्यवृद्धि गरेको हो।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १०४ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ ।

नयाँ मूल्यसूचि बिहीबार  मध्यरातिदेखि लागू हुने निगमले जनाएको छ ।

प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा इण्डियन आयल कर्पोरेसनले आयल निगमलाई नयाँ मूल्यसूचि पठाउने गर्छ । त्यहाँबाट आउने नयाँ मूल्य सुचि अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गर्छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमै कच्चा तेलको मूल्य निरन्तर बढिरहेकोले आगामी दिनमा नेपालमा पेटोलियम मूल्य अझै बढ्ने अवस्था रहेको बताइन्छ ।

 

प्रकाशित : १८ माघ २०७४, बिहीबार ११:२०