एनआइसीको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा नगद फिर्ता पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसीको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा नगद फिर्ता पाइने



काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि  पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा क्यास ब्याक(नगद फिर्ता) हुने योजना ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाका लागि यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत  बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी रु ५०० सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । हाल यो बैंकका भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ४० हजारभन्दा बढी रहेको छ ।

हाल बैंकले १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटीएम मेशिन तथा ५१८ वटा पीओएस मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ ।

 

प्रकाशित : १९ माघ २०७४, शुक्रबार १२:२०