बचत गर्ने बानी भए खाडी धाउनु पर्दैनः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बचत गर्ने बानी भए खाडी धाउनु पर्दैनः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले वित्तिय साक्षरताको अभावका कारण विदेशीने नेपालीको संख्या बढेको बताएका छन । कार्यक्रममा उनले नेपालीमा वित्तिय साक्षरताको अभाव भएका कारण नेपालीहरु मलेसिया, खाडी मुलुक, यूरोप अमेरिका जाने गरेको धारणा राखे । उनले भने, ‘वित्तिय साक्षरता हुने हो र बचत गर्ने बानी बसाल्ने हो भने विदेश जानु पर्ने थिएन, विदेश गएर फर्केपछि उनीहरुले बचत गर्न थाल्छन र लखपति बन्छन ।’

 


सबै नेपालीमा वित्तिय साक्षरता पुर्याउन सकेको खण्डमा बैंक तथा वित्तिय संस्थाले आफ्नो नयाँ उत्पादनको बारेमा जानकारी गराउने र बचत बढने भएकाले लगानी गर्न सजिलो हुने धारणा राखे । नेपालीमा साक्षरताको अभावकाले बचत कम हुने गरेको छ । भारतमा १ सय रुपैयाँ कमाउनेले ३५,चिनमा १ सय कमाउनेले ४५ रुपैयाँ बचत गर्छन, उनले भने ‘नेपालमा १ सय रुपैयाँ कमाउनेले १० रुपैयाँ मात्र बचत गर्छन, बैंकमा निक्षेप नभएपछि लगानी गर्न समस्या हुन्छ, थोरै निक्षेपमा धेरै लगानी गर्दा राष्ट्र र्बैंकले कारबाही पनि गर्छ सक्छ ।’ कार्यक्रममा उनले केही समयमा नै ७३५ स्थानमा नै बैंकिङ सेवा पुग्ने भएकाले घर छेउमै आएका बैंक वित्तिय संस्थामा बचत गरेर त्यसको फाइदा लिन समेत आग्रह गरे ।

सबैलाई सेयर बजारमा लगानी गर्न अपिल गरेका गरेका छन् । राजधानीमा आयोजित दोस्रो बैंकिङ एक्सपोको उद्घाटन गर्दै गभर्नर डा.नेपालले सबै नेपालीलाई सेयर बजारमा लगानी गर्न आग्रह गरेका हुन् ।
नेपालीमा वित्तिय साक्षरताको अभाव भएको र लगानी गर्न आकर्षित नहुँदा विभिन्न समस्या देखिएको उनले बताए । गभर्नर नेपालले भने‘ अब सबैले सेयर बजारमा लगानी गर्न पछिपर्नु हुँदैन, यसका बारेमा जानकारी लिनु पर्छ ।’

फरक प्रसङ्गमा चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्बको आयात भएको मध्ये ११ अर्बको तरकारी र ६ अर्बको फलफुल रहेको जानकारी गराए । विदेश जाने युवालाई वित्तिय साक्षरता दिएर रोक्न सकेको खण्डमा यो क्रम घटेमा उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकर्स एसोशिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङगानाले वित्तिय पहुँच पुगेका ठाँउमा पनि वित्तिय साक्षरताको अभाव भएको बताए । राजधानीका साथै राजधानी बाहिर पनि वित्तिय साक्षरता आवश्यक भएको भन्दै सामुहित अभियान नै थाल्नु पर्ने बताए ।

यस्तै वित्तिय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधरले सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थामा खाता खोल्न लगाएर, बचत गराउनुका साथै त्यसले पार्ने फाइदाका बारेमा पनि जानकारी गराउन आवश्यक रहेको बताए । पैसाले पैसा कमाएको छ की छैन भन्ने कुराको जानकारी गराउन नसकेको खण्डमा निक्षेपकर्ता सधै पछि पर्ने उनको भनाई छ । ५० वटा स्टल रहेको एक्स्पो शनिबारसम्म चल्नेछ । एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतले सहभागीता जनाएका छन् । बीमा समिति, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्थाहरुले पनि आफ्नो स्टल राखेका छन् । बैंक, बीमा, रेमिट्यान्स कम्पनी, सेयर बजार लगायतका बारेमा जानकारी गराउने एक्स्पोको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : १९ माघ २०७४, शुक्रबार २१:३२