कालिका पावरको आईपीओ अाइतबारदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कालिका पावरको आईपीओ अाइतबारदेखि



काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि माघ २१ गते आइतबारबाट साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता आईपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका तत्कालीन मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का बासिन्दाहरुका लागि ४० प्रतिशत (२ लाख ४० हजार कित्ता) र गोरखा जिल्लाका अन्य बासिन्दाहरुका लागि ६० प्रतिशत (३ लाख ६० हजार कित्ता) शेयर छुट्याएको छ ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा तिन हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

यस कम्पनीको हालको चुक्ता पूँजी ४२ करोड रहेको छ । आईपिओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने छ । शेयर आवेदन माघ २१ गतेबाट छिटोमा फागुन ६ र ढिलोमा २१ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

कहाँबाट दिने आवेदन

कम्पनीको शेयरमा लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, पालुङटार र छेवेटार शाखाबाट शेयर भर्न सक्नेछन् । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र शेयर भर्न मिल्नेछ ।

यसमा आस्वाबाट शेयर भर्ने व्यवस्था गरिएको छैन ।

प्रकाशित : २० माघ २०७४, शनिबार १६:२८