राष्ट्रिय बाणिज्य बैंकको विशेष साधारणसभाले स्वाप रेसियो पारित गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय बाणिज्य बैंकको विशेष साधारणसभाले स्वाप रेसियो पारित गर्यो



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारणसभाले एनआइडिसी डेभलपमेन्ट बैंक लिमिटेड गाभ्नका लागि शेयर आदान प्रदान अनुपात तथा अन्तिम सम्झौता (स्कीम अफ एरेन्जमेण्ट)  लाई अनुमोदन गरेको छ। सभाले शेयर आदनप्रदान अनुपात १:१ अनुमोदन गरेको हो।
बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डेको सभापतित्वमा भएको विशेष साधारण सभामा मर्जरपछि बैंक अझ बलियो हुने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा जानकारी गराएका थिए।
विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनिधिहरुले जीज्ञासा राखेका थिए।
बैंकको हाल ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ। पुससम्म बैंकले १ खर्व ४९ अर्व निक्षेप संकलन गरी १ खर्व १० अर्व कर्जा लगानी गरि १ अर्व ७८ करोड खुद मुनाफा कमाएको छ। बैंकले चैतभित्र मर्जर गरिसक्ने तयारी गरिरहेको छ।

प्रकाशित : २१ माघ २०७४, आईतवार १३:००