एभरेष्ट इन्स्योरेन्सको हकप्रद परिमार्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट इन्स्योरेन्सको हकप्रद परिमार्जन



काठमाडौं। एभरेष्ट इन्स्योरेन्सले यसअघि प्रस्ताव गरेको १ बराबरको ६ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्तावलाई संशोधन गर्ने भएको छ । कम्पनीको माघ १८ गते बसेको ७८ औं बैठकले हाल कायम रहेका कम्पनीका शेयरधनीलाई थप ५१ प्रतिशत संस्थापक शेयर कायम हुनेगरी हकप्रद शेयर जारी गर्ने र सो पश्चात सम्पूर्ण शेयरधनीका लागि आवश्यक हकप्रद जारी गर्ने भएको हो ।

एभरेष्टले बीमा समितिले दिएको निर्देशन बमोजिम ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर हकप्रद शेयर जारी गर्ने निर्णय गरेको जनाएको छ । बीमा समितिले कम्पनीलाई गत पुस २८ गते संस्थापक शेयर ५१ प्रतिशत कायम गर्न निर्देशन दिदै पत्रचार गरेको थियो ।

प्रकाशित : २१ माघ २०७४, आईतवार १४:१७