ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १ दशमलव ०१ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका बैक,विकास बैँक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६३ कमपनीको ११ लाख ४१ हजार १ सय ५ कित्ता सेयरबाट ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३५ दशमलव ९८ अंकले ओरालो लागेको छ । आज होटल समुह ३२ दशमलव ८२ अंकले, उतपादनमुलक समुह १५ दशमलव ७९ अंकले,जलविधुत समुह १४ दशमलव ५९ अंकले,फाइनान्स समुह ५ दशमलव ५६ अंकले, लघुवित्त समुह ३ दशमलव ४३ अंकले, ट्रेडिड.समुह ० दशमलव ८४ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले कमाएको छ। आज विकास बैँक समुह ४ दशमलव ६५ अंकले उकालो लागेको छ । आज बैँक समुह २ दशमलव ०४ अंकले र अन्य समुह ० दशमलव ६४ अंकले उकालो लागेको छ।

प्रकाशित : २१ माघ २०७४, आईतवार १५:२१