सानिमा बैंकको ब्राण्ड प्रवर्धकमा थप दुई वर्षका लागि महजोडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको ब्राण्ड प्रवर्धकमा थप दुई वर्षका लागि महजोडी



काठमाडौं । सानिमा बैंकले कम्पनीको ब्राण्ड प्रवर्धकका रुपमा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उनीहरु बिगत ६ बर्ष देखी बैंकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्ध छन् । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवनकुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागी एक समारोह बिच सम्झौता पत्र हस्ताक्षर भएको हो ।

 

उक्त समारोहमा ‘मह’ जोडीले सानिमा बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा खुसी भएको बताएका छन् ।

उक्त सम्झौता अवधिमा मह जोडी बैंकको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै- टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका विज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।

प्रकाशित : २१ माघ २०७४, आईतवार १७:४१