छ महिनामा ३ करोड ७४ लाख रुपैयाँ नाफा कमायो सिनर्जी पावरले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

छ महिनामा ३ करोड ७४ लाख रुपैयाँ नाफा कमायो सिनर्जी पावरले



काठमाडौं। सिनर्जी पावरले चालु आर्थिक वर्षको छ महिनामा ३ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ। ६ महिनामा नाफा देखिएपनि गत वर्षको घाटाका कारण अझै पनि सिनर्जी पावर ११ करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहेको जनाएको छ। गत वर्ष सिनर्जी पावरको १५ करोड २० लाख रुपैयाँ घाटा भएको थियो।

कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा २ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीका अनुसार विद्युत विक्रीबाट १३ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको व्याज खर्चमात्र ४ करोड ३९ लाख रुपैयाँ छ। कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने जगेडा कोष ११ करोड ४६ लाख रुपैयाँ ऋणात्मक छ। आयोजना निर्माणको लागि बैंकसँग लिएको लोन ७६ करोड ५४ लाख रुपैयाँ रहेको जनाएको छ।

प्रकाशित : २२ माघ २०७४, सोमबार ११:३०