१० दशमलव ४६ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१० दशमलव ४६ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १० दशमलव ४६ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५४ कम्पनीको ९ लाख १५ हजार ५ सय २३ कित्ता सेयरबाट ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ८४ दशमलव ८१ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह ३० दशमलव २ अंकले,लघुवित्त समुह १७ दशमलव ३८ अंकले, विकास बैँक समुह १४ दशमलव १९ अंकले , होटल समुह ८ अंकले,बैँक समुह ७ दशमलव ०९ अंकले, फाइनान्स समुह ६ दशमलव ९६ अंकले, अन्य समुह ३ दशमलव ५१ अंकले, उतपादनमुलक समुह १ दशमलव १७ अंकले र ट्रेडिड.समुह ० दशमलव ०९ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २२ माघ २०७४, सोमबार १५:१९