सबैभन्दा ठूलो र बलियो मर्चेन्ट बैंकको जन्म  हुँदैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सबैभन्दा ठूलो र बलियो मर्चेन्ट बैंकको जन्म  हुँदैछ



काठमाण्डौ । निकट भविष्यमै देशमै सबैभन्दा ठूलो र बलियो मर्चेन्ट बैंकको जन्म  हुँदैछ । यसअघि अस्तित्वमा रहेको एनआइबिएल क्यापिटल र एस क्यापिटलबीचको मर्जरलाई धितोपत्र  बोर्डले अन्तिम स्वीकृति दिएपछि यी दुई संस्था गाभिएर एनआइबिएल एस क्यापिटल लिमीटेड जन्मिएको हो ।

दुई मर्चेन्ट बैंकबीच  मर्जर भई बनेको एनआइबिएल एस क्यापिटल देशकै ठूलो र बलियो मर्चेन्ट बैंक समेत हुने बताइएको छ ।

यी दुई संस्था गाभिएर जन्मिएको नयाँ नामको मर्चेन्ट बैंकले आगामी माघ २८ गतेदेखि संयुक्त कारोबार सुरु गर्ने बताइएकोछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई आफूमा गाभेपछि इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलले एस बैंकको सहायक कम्पनी एस क्यापिटललाई पनि गाभेको हो ।

एनआइबिएल क्यापिटलले यसअघि ललितपुर र पोखरामा शाखा बिस्तार गरी शाखा बिस्तार गर्ने देशकै पहिलो मर्चेन्ट बैंक बनेको थियो । मर्जरपछि अब एनआइबिएल क्यापिटल देशकै बलियो र ठूलो मर्चेन्ट बैंकको रुपमा एनआइबिएल एस क्यापिटलको नाममा उदाउन लागेको हो ।

हाल देशका १५ वाणिज्य बैंकले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकको सेवा सुरु गरेका छन् ।

 

प्रकाशित : २२ माघ २०७४, सोमबार १५:५४