फागुन १३ देखि एशियन लाइफको हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फागुन १३ देखि एशियन लाइफको हकप्रद



काठमाडाै । एशियन लाइफ इन्स्योरेन्सले आगामी फागुन १३ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९ सय ६६.२० कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

हकप्रदका लागि सेयरधनीले चैत १८ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने बताइएको छ । हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमीटेड रहेको छ ।

हाल यो कम्पनीको चुक्तापूूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब २० करोडको उचाईमा पुग्नेछ ।

हकप्रदका लागि एनआइबिएल क्यापिटलको काठमाण्डौ, ललितपुर र पोखरास्थित कार्यालयहरु, एशियन लाइफ इन्स्योरेन्सको मैतीदेवी(काठमाण्डौ)स्थित मुख्य कार्यालय तथा देशभरका शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनका लागि अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।

माघ ७ गतेसम्म कायम सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको हकप्रदलाई इक्रा एनपी आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर रहेको भन्ने देखिन्छ ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार ०९:४८