ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ६ दशमलव ०२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्।आज कारोबारमा आएका १५२ कम्पनीको ७ लाख ९ हजार ८ सय ३ कित्ता सेयरबाट २४ करोड २० लाख ९६ हजार १ सय ४६ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३० दशमलव १८ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह २२ दशमलव ५४ अंकले,लघुवित्त समुह ७ दशमलव ५५ अंकले,होटल समुह ६ दशमलव ८७ अंकले, टे«डिड समुह ५ दशमलव ८२ अंकले,बैँक समुह ५ दशमलव ७९ अंकले, विकास बैँक समुह ३ दशमलव ९३ अंकले, अन्य समुह ० दशमलव २८ अंकले र फाइनान्स समुह ० दशमलव १८ अंकले ओरालो लागेको छ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १५:१२