नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल बीच समझदारीपत्रमा हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल बीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडाै ।नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल टे«ड एशेसिएशनबीच समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एसोसिएशनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले हस्ताक्षर गर्नुभएको छ ।
समझदारीपत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपालकातर्फबाट भारतको कलकत्ताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी भएका थिए ।
समझदारीपत्रमा भएको हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गर्नुभयो । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनले भारतीय पक्षसँंग विशेष अनुरोध गरे। साथै उनले नेपाल र भारतवीचको व्यापार व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कलकत्तासम्मको हवाई उडानको संख्या बृद्धि आवश्यक भएकोमा जोड दिए । समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ । नेपाल चेम्वर अफ कमर्सले हालसम्म ५६ मुलुकहरुसँंग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १६:४६