नेपाल बैंक लिमिटेडले एफपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंक लिमिटेडले एफपिओ जारी गर्ने



काठमाडौं।राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेको नेपाल बैंक लिमिटेडले एफपिओ जारी गर्ने भएको छ । माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।बैंकले प्रिमियम मूल्यमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।बैंकले एफपिओ निष्कासनको प्रस्ताव आगामी साधारणसभामा लग्ने जानकारी दिएको छ ।

नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा रहेको छ ।

प्रकाशित : २४ माघ २०७४, बुधबार ११:२५