रिलायबल र एनएमबि रेमिटबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबल र एनएमबि रेमिटबीच रेमिट्यान्स सम्झौता



सेवा विस्तारको लागि रिलायबल रेमिट र एनएमबि सुलभ रेमिट बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता अनुसार, रिलायबल रेमिटलाई एनएमबि सुलभ रेमिटको सुपर एजेन्ट र एनएमबि बैंकलाई रिलायबल रेमिटको एजेन्टको रुपमा नियुक्त गरिएको छ ।

सो रेमिट्यान्स सम्झौतामा रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनएमबि सुलभ रेमिट तथा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले हस्ताक्षर गरे ।

सो पश्चात एनएमबि सुलभ रेमिटमार्फत विदेश तथा आन्तरिक रेमिटबाट आएको रकम रिलायबल रेमिटको २९ सयभन्दा बढी संजालबाट प्राप्त गर्न सकिने छ । साथै एनएमबि बैंकका सबै २९ शाखाहरुबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ ।

प्रकाशित : २४ भाद्र २०७२, बिहीबार १६:४१