ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १२ दशमलव ०१ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन्। आज कारोबारमा आएका टे«डिड. र फाइनान्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५२ कम्पनीको ७ लाख ४२ हजार १० कित्ता सेयरबाट २६करोड ५५ लाख ६६ हजार ७ सय ३३ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ८३ दशमलव ०५ अंकले ओरालो लागेको छ। आज होटल समुह १८ दशमलव १३ अंकले, उतपादनमुलक समुह १६ दशमलव २९ अंकले, लघुवित्त समुह १५ दशमलव ९१ अंकले,बैँक समुह १० दशमलव ५ अंकले, अन्य समुह ९ अंकले,विकास बैँक समुह ६ दशमलव ५७ अंकले र जलविधुत समुह १ दशमलव ६३ अंकले ओरालो लागेको छ।
आज ट्रेडिड. र फाइनान्स समुह भने उकालो लागेको छ । आज फाइनान्स समुह ४ दशमलव ३३ अंकले र ट्रेडिड. समुह ३ दशमलव २ अंकले उकालो लागेको छ ।

प्रकाशित : २४ माघ २०७४, बुधबार १५:३०