सिद्धार्थ इन्स्योरेन्सको ५४ औं शाखा बनेपामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको ५४ औं शाखा बनेपामा



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काभ्रेपलान्चोकको बनेपामा ५४ औं शाखाको सञ्चालनमा ल्याएको छ । शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार, क्षेत्री तथा नायव महाप्रबन्धकहरु मुरारी रेग्मी र योगेशकृष्ण श्रेष्ठले उद्घाटन गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले अहिलेसम्म ५३ वटा शाखा सञ्जालद्वारा स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा अझ प्रभावकारी सेवा प्रदान गर्ने बताए ।

समारोहमा स्थानीय स्तरका बै‌ंक तथा वित्तीय संस्था र व्यवसायीहरु सहभागी थिए ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार ०८:४८