प्राइम लाईफ इन्स्योरेन्सले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम लाईफ इन्स्योरेन्सले बोनस शेयर दिने



काठमाडौं। प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्तापूँजीको ३२ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीले चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशतका दरले हुने १९ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि आवश्यक नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको हो ।

कम्पनीले गत भदौ २७ मा सम्पन्न सातौं, आठौं, नवौं र दशौं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको १६० प्रतिशत हकप्रद शेयरका आवेदकले पनि बोनस पाउने जनाएको छ । हकप्रदलाई दिइने बोनस शेयर समायोजन गर्दा १२ दशमलव ५ प्रतिशत बोनस हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार ११:५८