फागुन ११ देखि सी आस्बा अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फागुन ११ देखि सी आस्बा अनिवार्य



काठमाडौं । सेन्ट्रलाइज्ड एप्लिकेसन फर आस्बा वेस्ड इस्युऐन्स (सी–आस्बा) प्रणालीलाई आगामी फागुन ११ देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने गरी सिडिएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल धितोपत्र बोर्डले तयारी गरेका छन् ।

आस्बा प्रणालीलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले सीडीएससीले माघ ९ गतेदेखि नै कार्यान्वयनमा ल्याउन लागेको सी आस्बा धितोपत्र बोर्डको निर्देशनमा एक महिनापछि कार्यान्वयनमा आउन लागेको हो । बैंक तथा वित्तीय संस्थालाई सी–आस्बामा आबद्ध हुन समय लाग्नुका साथै लगानीकर्तालाई सी–आस्बा रजिस्ट्रेसन नम्बर प्राप्त गर्न यथोचित समय दिनुपर्ने भएकाले अनिवार्य रूपमा यस प्रणाली लागू गर्न समयदिनुपर्ने भन्दै बोर्डले एक महिना ढिला गरी सी आस्बा लागू गर्न सीडीएसलाई निर्देशन दिइएको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सफ्टवेयर मार्फत सी आस्बा सुविधा लिने व्यवस्था गरेको छ । सी आस्बाको लागि लगानीकर्ताले आफुले शेयर भर्दा प्रयोग गर्ने खाता भएको बैंकमा गएर पहिलो एक पटक सी आस्बाको विवरण भरेर सी आस्बा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनु पर्ने हुन्छ । त्यस पछि अनलाइनबाट जुनसुकै स्थानबाट पनि सजिलै आवेदन दिन सकिन्छ ।

 

प्रकाशित : २५ माघ २०७४, बिहीबार १४:२४