हिमालयन बैंकको पूँजी योजना निर्माण, बोनश र हकप्रदबाटै ८ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकको पूँजी योजना निर्माण, बोनश र हकप्रदबाटै ८ अर्ब



हिमालयन बैंकको सञ्चालक समितिको बैठकले ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना निर्माण गरेकोे छ । बैंकको निर्णय अनुसार बोनस र हकप्रद शेयर जारी गरेर नै चुक्ता पूँजी ८ अर्ब रुपैंया पुर्याईने भएको हो ।

हिमालयन बैंकमा ८५ प्रतिशत प्रवद्र्धकहरुको स्वामित्व रहेकोमा हविब बैंक पाकिस्तानको २० प्रतिशत साझेदारी, कर्मचारी सञ्चयकोषको १४ प्रतिशत छ भने सर्वसाधारणको १५ प्रतिशत मात्र हिस्सा रहेको छ ।

बैंकका प्रमुख कार्यकारी अशोक राणाले मेरो लगानी डटकम संग कुरा गर्दै बोनस र हकप्रदबाटै आफुहरुले ८ अर्बको चुक्ता पूँजी सीमा पार गर्ने निर्णय भएको बताए । बैंकले आफ्नो योजना शुक्रबार मात्रै राष्ट्र बैंकमा बुझाउने भएको छ ।

बैंकले ३ वर्षसम्म बोनस शेयर र अन्तिम पटक हकप्रद शेयर जारी गर्नेछ । गत आर्थिक वर्षमा १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैंया रहेको छ । यसका आधारमा बैंकले यो वर्ष ३५, अर्को वर्ष २५ र तेस्रो वर्ष २३ प्रतिशत बोनस शेयर र अपुग हुने पूँजी बराबरको १ अर्ब रुपैंया भन्दा बढीको हकप्रद शेयर जारी गर्ने योजना राष्ट्र बैंकमा बुझाउन लागेको हो ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँँ ८७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २ सय १५ रुपैयाँ ४१ पैसा छ । गत वर्ष बैंकको एक कित्ता सेयर न्यूनतम ७ सय ५ रुपैयाँदेखि अधिकतम ८ सय ७७ रुपैयाासम्ममा कारोबार भएको थियो । कर्जामा लिने र निक्षेपमा दिने व्याजदरबीचको अन्तर ९स्प्रेड दर० सीमाभित्रै रहेर पनि केही घटेको छ । अघिल्लो वर्ष ४।५४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ४।३५ प्रतिशतमा रहेको छ ।

प्रकाशित : २५ भाद्र २०७२, शुक्रबार ११:४८