सी-आस्बाका फाइदा के ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सी-आस्बाका फाइदा के ?



काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले प्राथमिक शेयर (आईपीओ/एफपीओ) मा निष्कासनमा फागुन ११ सी-आस्बा लागू गर्दैछ । उक्त सेवा निशुल्क रुपमा उपलब्ध हुने सीडीएसले जनाएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले सी-आस्बा सेवा लगानीकर्ताले निशुल्क रुपमा प्राप्त गर्ने प्रस्ट पारे । उनले सी आस्बा मार्फत आवेदन दिन लगानीकर्तालाई दुई वटा विकल्प रहेको भन्दै मेरो शेयर बाटै आवेदन दिनु नपर्ने उनले बताए । लगानीकर्ताले यसअघि जसरी बैंक वा वित्तीय संस्थामा गएर आवेदन दिन सक्ने विकल्प यथावत रहेको भन्दै अधिकांश आस्बा सदस्य बैंक तथा वित्तीय संस्था सी आस्बा सेवा शुरु गरिसकेको उनले बताए ।

 

उनले भने‘ अब आफ्नो खाता रहेको बैंकबाट सी–आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) नम्बर पाएका लगानीकर्ताहरुले ‘मेरो सेयर’को सेवा लिएर सेयरमा आवेदन दिन सक्नेछन् । जसले यो प्रविधि प्रयोग गरेका छैनन्, उनीहरुले बैंक तथा वित्तिय संस्थामा गएर सेयरका लागि आवेदन दिन सक्नेछन् ।’ सिआरएन नम्बर लिएकाले भने घरमा नै बसेर आवेदन दिन सक्नेछन् ।

मेरो सेयरको सेवा सी–आश्वा मार्फत आवेदन दिएका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा रहेको सेयरको मौज्दात हेर्ने, आफ्नो सेयरको पोर्टफोलियो हेर्ने, सेयर धितो बन्धकीमा रहेको विवरण हेर्न तथा आफ्नो खातामा भएको कारोबारको विवरण हेर्न पाउने सिईओ गुप्ताले बताए । सी–आश्वा लागु भएपछि सबै भन्दा बढी फाइदा लगानीकर्ताहरुलाई हुने उनको भनाई छ ।

‘मेरो सेयर’ प्रयोग नगर्ने लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको कुनै पनि शाखामा गएर उपलब्ध भएको आवेदन भरेर आवेदन दिन सक्नेछन । यसरी आवेदन दिँदा कुनै शुल्क तिर्नु पर्दैन । ‘मेरो सेयर’ प्रयोग कर्ताले भने बार्षिक ५० रुपैयाँ तिर्नुपर्छ ।

‘मेरो सेयर’को सेवा आईपीओ र एफपीओमा लागु भएको र अब हकप्रद सेयरमा पनि लागु गर्ने तयारीमा रहेको उनको भनाई छ ।
हकप्रद सेयरका लागि आवेदन दिन आफ्नो खाता रहेको बैंक तथा वित्तिय संस्थाले सम्पूर्ण विवरण संकलत गर्न समय लागेका कारण तत्काल लागु हुन नसकेपनि केही समयमा हुने उनको भनाई छ ।
सीआरएन नम्बर लिएका आवेदनकर्ताहरुको विवरण रुजु भएको हुने र निष्काशन तथा विक्री प्रबन्धकलाई सबै आवेदनकको विवरण रुजुगरिरहन नपर्ने भएको छ । जसका कारण बढीमा एक सातामा सेयर बाँडफाँड हुनेछ । केही समयपछि भने आवेदन दिएको १–२ दिनमा नै सेयर बाँडफाँड हुने गुप्ताको भनाई छ ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार १८:५०