नेपाल टेलिकमका १३ आकर्षक अफर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल टेलिकमका १३ आकर्षक अफर सार्वजनिक



काठमाडौं। नेपाल टेलिकमले ग्राहकहरुका लागि १३ आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बिहीबार प्रेस विज्ञप्ती मार्फत उक्त नयाँ अफरहरु सार्वजनिक गरेको हो । विहीबार सार्वजनिक गरिएका १३ नयाँ अफरहरु आगामी बैशाख २५ गते सम्म कायम रहने जनाइएको छ ।

अल टाइम डाटा प्याक

टेलिकमले जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिने बनाएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विभिन्न प्याकेजमा १४ प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको हो ।टेलिकमका अनुसार अब थप बोनस समेत गरी अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २३ एमबी डाटा उपलब्ध हुनेछ भने २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६९ एमबी डाटा उपलब्ध हुनेछ ।

नाइट डाटा प्याक
कम्पनीले जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिने र यसमा पहिले भन्दा थप १४ प्रतिशत बोनस डाटा उपलब्ध गराउने भएको छ ।

टेलिकमले नाइट डाटा प्याक अन्तर्गत अब १५ रुपैयाँमा १७१ एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५७० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १३६८ एमबी डाटा १४ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३५०३ एमबी डाटा र ३०० रुपैयाँमा ७५८८ एमबी डाटा २८ दिनसम्म चलाउन पाइने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोसियल मिडिया डाटा प्याक
टेलिकमले सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप साथै यस अन्तर्गत १२ रुपैयाँमा ५७ एमबी डाटा ३ दिन, २५ रुपैयाँमा १२६ एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २६३ एमबी डाटा १४ दिनका लागि उपलब्ध हुने जनाएको छ । टेलिकमका अनुसार १०० रुपैयाँमा ५७० एमबी डाटा र २०० रुपैयाँमा १२५४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

डाटा स्ट्रिमिङ प्याक
जीएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन११५ रुपैयाँमा १३६८ एमबी डाटा भोल्युम टेलिकमले उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ८० रुपैयाँमा ९१२ एमबी डाटा १४ दिन अवधिका लागि र ४५ रुपैयाँमा ४५६ एमबी डाटा ७ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

एसएमएस प्याक
जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस अन्तर्गत १२ रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ६० वटा एसएमएस र ६० वटा बोनस एसएमएस समेत टेलिकमले उपलब्ध गगराउने भएको छ ।

फोरजी डाटा प्याक
फोरजी डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा ३५ एमबी डाटा ३ दिनका लागि, ५० रुपैयाँमा २२८ एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५७० एमबी डाटा १४ दिनका लागि टेलिमले उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार २०० रुपैयाँमा १३६८ एमबी, ३०० रुपैयाँमा २२८० एमबी र ५०० रुपैयाँमा ४१०४ एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

अल टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत एक दिनका लागि १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था टेलिकमले गरेको छ ।

टेलिकमका अनुसार २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका लागि उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २८ दिनका लागि ४१० मिनेट टेलिकमले उपलब्ध गराउने छ ।
यसैगरी ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराएको टेलिकम द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नाइट टाइम भ्वाइस प्याक
यसैगरी टेलिकमले नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ३ दिनसम्म ७० मिनेट र २५ रुपैयाँमा ७ दिनसम्म कम्पनीकै नेटवर्कभित्र २५० मिनेट कल गर्न सकिने व्यवस्था मिलाउने भएको छ ।

सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि कन्भज्र्ड सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । हालसम्म जीएसएम पोष्टपेडलाई मात्र यो सुविधा उपलब्ध गराइएकोमा अब जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध गराउने जनाएको छ । टेलिकमका अनुसार कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध हुनेछ ।

इन्डिया आउटगोइङ कल अफर
नेपालबाट भारतमा कल गर्नका लागि अब सस्तो दरको प्याकेज लिन सकिने र यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर टेलिकमले ल्याएको छ । टेलिकमका अनुसार डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २२५ मिनेट कल गर्न सकिने टेलिकमले जनाएकोछ ।

इन्टरनेसनल इनकमिङ कलमा बोनस अफर
अब विदेशबाट कल आएमा समेत बोनस कल र एसएमएस उपभोग गर्न सकिने अफर समेत टेलिकमले ल्याएको छ । टेलिकमका अनुसार ७ दिनभित्र ७ मिनेट अन्तर्राष्ट्रिय कल रिसिभ गर्ने प्रत्येक ग्राहकले नेपाल टेलिकमको नेटवर्कमा १४ मिनेट फ्रि कल गर्न र १४ वटा फ्रि एसएमएस पठाउन सक्ने छन् ।

एडीएसएल स्पिड स्तरोन्नति र डाटा बोनस
नेपाल टेलिकमले हालसम्म १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट उपलब्ध गराइरहेकोमा अब ५ एमबीपीएस सम्मको गतिमा उपलब्ध हुने गरी अपग्रेड गर्ने भएको छ । टेलिकमले एडीएसएल रिचार्ज गर्दा ग्राहकको जीएसएम वा सीडीएमए मोबाइलमा क्रस–बन्डलिङ डाटा बोनस उपलब्ध गराउने र यस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज गर्दा ३० एमबी अल टाइम र ६० एमबी नाइट डाटा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

एफटीटीएच सेवामा कर्पोरेट तथा ब्यक्तिगत प्याकेज
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहक र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था समेत गरेको छ । दुवै प्रकारका ग्राहकको लागि ८, १४, ३३, ५५ र १०० एमबीपीएस ब्यान्डविथको प्याकेज उपलब्ध गराउने गरी ब्यक्तिगत तर्फ ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि ४५० जिबी, ६ महिनाका लागि ११०० जिबी र १२ महिनाका लागि २४०० जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो सुविधा लिनका लागि ‘स्टार १४१५ ह्याज’ डायल गरी आएको निर्देशनहरु पलना गर्नुपर्ने टेलिकमले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

प्रकाशित : २६ माघ २०७४, शुक्रबार १२:५९