प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल



काठमाडौं। एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणी पौडेल निर्वाचित भएका छन् ।संसदीय दलको नेतामा सहमति नभएपछि नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज भएको निर्वाचनमा डोरमणीले एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराएका हुन् । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाएका छन् ।

दलको नेता प्रदेश प्रमुख बन्ने भएकोले उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।दलको नेता चुन्न एमालेले शुक्रबार गरेको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।

प्रकाशित : २६ माघ २०७४, शुक्रबार १४:२०