चिलिमे हाइड्रोपावरको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिलिमे हाइड्रोपावरको नाफा कति ?



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको ६ महिनामा नाफा घटेको छ । गत पुससम्म चिलिमेले ५२ करोड ४६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ५४ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा साढे २ करोड रुपैयाँ नाफा घटेको छ ।

नेपाल विद्युत् प्राधिकरणले थप उत्पादन भएको बिजुली खरिद नगर्दा आम्दानी ३.३७ प्रतिशतले कमी आएपछि नाफा बढ्न नसकेको कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै ब्याज तथा अन्य आम्दानी ४६ प्रतिशतले बढेको कम्पनीले जानकारी दिएको छ ।

समीक्षा अवधिमा चिलिमेले बिजुली बिक्रीबाट ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा छ । संचित कोष ४ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ वचत रहेको छ ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १०:१६