नेपाल लाइफ इन्स्योरेन्सको नाफा दोब्बर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल लाइफ इन्स्योरेन्सको नाफा दोब्बर



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नाफा दोब्बर बढाएको छ । आइतबार प्रकाशित कम्पनीको चालू आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा अघिल्लो वर्षको भन्दा दोब्बर बढी नाफा कमाएको उल्लेख छ ।

०७४ पुस मसान्तसम्मा कम्पनीले २८ करोड रुपैयाँ नाफा काएको छ । जबकी ०७३ पुस मसान्तमा कम्पनीले १५ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत वर्षको भन्दो यो वर्षको नाफा ८३ प्रतिशतले बढी हो ।

नेपालको एक नम्बरको जिबन बीमा कम्पनीकोरुपमा स्थापित यो कम्पनीले आफूलाई लगातार बलियोसँग प्रस्तुत गर्दै आएको छ ।

३ अर्ब ९ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यस्तै जिबन बीमा कोषमा ४५ अर्ब ६३ करोड रुपैयाँ छ । नियामक बीमा समितिले जिबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने भने पनि यो कम्पनीले ३ अर्ब बढी चुक्ता पुँजी पुर्याएको हो ।

कम्पनीले हालसम्म ५९ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा मात्रै ७ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा लेखको संख्या १० लाख ८० हजार पुगेको छ । उसले यसअवधिमा २ अर्ब ३५ करोड दावी भुक्तानी गरेको छ भने ८३ ५४ लाख दावी भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १०:२५