नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनमा नयाँ नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनमा नयाँ नेतृत्व



काठमाडौँ । नेपाली काँग्रेसनिकट कानून व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा प्रकाश रावल निर्वाचित भएका छन् । एशोसिएशनको शनिबार राति सम्पन्न तेस्रो अधिवेशनबाट रावलको नेतृत्वमा २३ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष प्रकाश रावल

अध्यक्षका आकांक्षीमध्ये सात जनालाई पछाडि पार्दै रावल निर्वाचित भएका हुन् । अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेकामा रावलले १८९ मत ल्याई विजयी भएको र उनका निकटतम प्रतिद्वन्द्वी शिवराज पोखरेलले १२४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा राजन निरौला निर्वाचित भएका छन् । सचिवमा विनोद कार्की र कोषाध्यक्षमा पुरुषोत्तम अर्याल विजयी भएका छन् । चार पदाधिकारीसहित २३ सदस्यीय कार्यसमिति रहेको एशोसिएशनमा सदस्य भने निर्विरोध निर्वाचित भएको थियो ।

उपाध्यक्ष राजन निरौला

सदस्यमा अजयकुमार पटेल, अन्जना अर्याल, अन्जु रेग्मी अर्याल, उत्तम खनाल, चक्रबहादुर थापा, ज्योतिदेव पनेरु, दामोदर तिम्सिना, नारायणप्रसाद भण्डारी, प्रवीण महर्जन, वासुदेव रिजाल, विनोद अधिकारी, विनोद खतिवडा, विमल सापकोटा, वीरेन्द्र पाठक, रगेन्द्रमानसिंह प्रधान, राजेश्वरी महर्जन, रञ्जिता केसी र रबिन भट्टराई निर्वाचित भएका छन् ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १०:३९