मन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मन्त्री पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिवनियुक्त गर्दा अनियमितता गरेको आरोपमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

अख्तियारले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई पत्र पठाउँदै मन्त्री पौडेलले पैसा खाएर खेलाडीहरु विदेश पठाइ पदीय दुरुपयोग गरको भन्दै उनलाई कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्री पौडेलले राष्ट्रिय खेलकुदका कार्यक्रममा र राखेपमा भएको आर्थिक अनियमिततामा पदीय पूरा नगरेको ठहर गर्दै अख्तियारले कारबाहीलाई सिफारिस गरेको जनाइएको छ ।

मन्त्री पौडेलले गत वर्ष कोरियामा भएको एसियाडमा खेलाडीहरु पठाउँदा रकम लिएको आरोप लागेका केशव विष्टलाई राखेपमा सदस्यसचिव नियुक्त गरेका थिए ।

प्रकाशित : २५ भाद्र २०७२, शुक्रबार १२:२९