चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिरः ऊर्जामन्त्री थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिरः ऊर्जामन्त्री थापा



कञ्चनपुर । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएका छन् ।

मिडिया नेपाल कञ्चनपुरले आइतबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए ।

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युतको अथाह सम्भावना रहेको जानकारी दिए । “नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ ।” उपप्रधानमन्त्री थापाले भने, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।”।

प्रकाशित : २८ माघ २०७४, आईतवार १३:४०