फागुन १८ देखि फ्रस्ट माइक्रोफाइनान्सको हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फागुन १८ देखि फ्रस्ट माइक्रोफाइनान्सको हकप्रद



काठमाडौं। फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद फागुन १८ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लाख ३१ हजार ३०० रुपैयाँ बराबरको २२ लाख ८१ हजार ३१३ कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीकाे हाल ४५ करोड ६२ लाख ६२ हजार ५ सय रुपैयाँ चुक्ता पूँजी रहेको  छ । कम्पनीको शेयरमा माघ ८ गतेसम्म कायम शेयरधनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबकन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटल, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौं उपत्यकाभित्र ज्ञानेश्वर काठमाडौं र उपत्यका बाहिर उर्लाबारी मोरङ, भरतपुर चितवन तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २९ माघ २०७४, सोमबार ११:२७