ओरियन्टल होटल र हिमायलन डिस्टिलरीको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरियन्टल होटल र हिमायलन डिस्टिलरीको नाफा कति ?



काठमाडौं। ओरियन्टल होटल र हिमायलन डिस्टिलरीले चालु आर्थिक वर्षको छ महिनामा नाफा बढाएका छन्।

हिमालयन डिस्टिलरीले छ महिनामा ३० करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा २७ करोड ७८ लाख रुपैयाँ थियो। कम्पनीले उत्पादन बिक्रीबाट ९५ करोड रुपैयाँ आम्दानी गरेको जनाएको छ । गत वर्षको यहि अवधिमा ७६ करोड ३४ लाख रुपैयाँ थियो।

वस्तु उत्पादनको लागि छ महिनामा ५० करोड ६२ लाख रुपैयाँ खर्च भएको छ। कम्पनीका अनुसार चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३० करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ।

यसैगरी ओरियन्टल होटलले चालु आर्थिक वर्षको छ महिनामा ११ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड १९ लाख रुपैयाँ थियो।

होटलले सेवा बिक्री मार्फत खुद नाफा ४६ करोड ७६ लाख रुपैयाँ गरेको जनाएको छ। होटलको चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९४ करोड ६३ लाख रुपैयाँ जम्मा भएको छ। होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १२:१९