देवः विकास बैंकको हकप्रद शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः विकास बैंकको हकप्रद शेयर



काठमाडौ । नेपाल धितोपत्र बोर्डले देवः विकास बैंकलाई हकप्रद शेयर निष्कासनको लागि स्विकृति दिएको छ । बोर्डले बैंकलाई १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्विकृति दिएको हो ।

बैंकले ६५ करोड ३३ लाख १० हजार ८५९ रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १४:४३