एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद थप



काठमाडाै । नेपाल इन्सुरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद थप गरेको छ । इन्सुरेन्सले माघ २१ गतेदेखि लिलामीमा ल्याएको यो सेयर अब फागुन ८ गतेसम्म भर्न सकिनेछ । कम्पनीले यो संस्थापक सेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोकेको छ । आवेदकले यही १७० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । सेयर किन्न इच्छुक व्यक्ति र कम्पनी दुवैले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले फागुन ८ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

अब लिलामीको बोलपत्र पनि फागुन ९ गते मात्र खोलिनेछ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा अपरान्ह ४ बजे खोलिनेछ । चुक्ता पुँजी बढाउने अभियानमा रहेको एनसीसी बैंकले ५०% हकप्रद निस्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी भने ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रदका लागि अनुमति मागेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनसीसीले ३५ करोड ४५ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३५६.७४% धेरै हो । गत वर्ष बैंकले ७ करोड ७६ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । एनसीसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा (वार्षिकी) रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १४:५३