सेयर बजारलाई बेवस्ता कहिले सम्म ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारलाई बेवस्ता कहिले सम्म ?



काठमाडौं । पुँजी बजारलाई अार्थिक विकासको मेरुदन्डको रुपमा लिइन्छ । कुनै पनि देशको अर्थतन्त्र कस्तो छ भनेर हेर्दा त्यो देशको पुँजी बजारको अवस्थालाई हेर्ने गरिन्छ । नियामक निकायले लिने निति र उसले तय गरेका निर्देशनहरुका अाधारमा समेत कुनै पनि क्षेत्रले फड्को मार्न सक्छ । केन्द्रिय बैंकले सोमबार गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर बजारलाई बेवास्ता गरेको छ ।

पछिल्लो समय लगानी कर्ताहरुले मार्जिन लेन्डिङ खुकुलो बनाउनुपर्ने माग राखेका थिए । तर,मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ओभरड्राफ्ट कर्जामा कडाई गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कुल कर्जाको १५ प्रतिशतसम्म मात्र ओभरड्राफट कर्जा दिन पाइने व्यवस्था गरेको छ ।

अहिले ओभरड्राफट शिर्षकमा १७ प्रतिशत कर्जा छ । यस्तो कर्जाको सिमा आगामी पुस मसान्तसम्ममा १५ प्रतिशतमा झानुपर्ने हुन्छ ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १७:३६