चित्रकला र कविता प्रतियोगीता सम्पन्न, नतिजा सोमबार सार्वजनिक हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चित्रकला र कविता प्रतियोगीता सम्पन्न, नतिजा सोमबार सार्वजनिक हुने



काठमाडौँ । साहारा गु्रप, चाईल्ड एनजीओ फेडेरेसन नेपाल, फोर नेपाल शेयर द रोड, करुणा फाउन्डेसन र सेन्टर चाईल्ड वेयलफेयर बोर्डको संयुक्त आयोजनामा जोन डि वेय स्कुलमा राष्ट्रिय चित्रकला तथा कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बालअधिकार दिवस २०७२ को सन्दर्भमा आयोजित ‘मेरो देश, मेरो सपना’ विषयक चित्रकला तथा कविता प्रतियोगितामा ८ देखि १४ वर्ष उमेरका करिब १ सय ४० बालबालिका सहभागी थिए । प्रतियोगिताको नतिजा भने सोमबार सार्वजनिक गरिने छ ।

साथै भदौँ २८ गते (सोमबार) कार्यक्रममा सहभागीहरुको रचना वोल्ड ट्रेड सेन्टरमा दिउँसो ३ बजे प्रदर्शनी तथा बिक्री गरिने छ । चित्रकला र कविताबाट बिक्री भएको रकम सिन्धुपाल्चोक दुबीचौरका बालबालिकाको अतिरिक्त क्रियाकलापका लागि खर्च गरिने सहारा गु्रपका अध्यक्ष भानु भक्त ढकालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि महानायक राजेश हमालले बालबालिकाको सोंच र विचारलाई बुझेर उनीहरुको क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिएका छन् । साथै हमालले बालबालिकाको मनोवृत्तिलाई सफा र स्फूर्त बनाउन बालमैत्री वातावरणको निमार्ण गर्न सबैमा आग्रह गरेका छन् ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार ११:४४