ओली लिए शपथ,लालबाबु पण्डित र थममाया थापा मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओली लिए शपथ,लालबाबु पण्डित र थममाया थापा मन्त्री



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताका शपथ गराइन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । ओलीको सिफारिसमा लालबाबु पण्डित र थममाया थापा मन्त्री बनेका हुन् । माओवादी केन्द्रले भने मन्त्री पठाएन ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १७:१५