डिभी चिट्ठा बन्द नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिभी चिट्ठा बन्द नहुने



काठमाडौं । अमेरिका प्रवेश गर्ने सजिलो माध्यमको रुपमा रहेको डिभी चिट्ठा बन्द नहुने भएको छ ।अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरिदिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेका ती विधेयकलाई अमेरिकाको माथिल्लो संसदले अस्वीकार गरिदिएको हो ।अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति निर्वाचनको समयदेखि नै डिभीको विरोधमा उभिदै आएका थिए । तर संसद्को पछिल्लो निर्णय पछि ट्रम्पले आफ्नो निर्णयलाई पुनः विचार गर्नुपर्ने देखिएको छ ।

संसद्को पछिल्लो निर्णयलाई राष्ट्रपति ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन् । उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।उनले यसको समाधान आगामी मार्च पाँचसम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन् ।डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार मानिस अमेरिका प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित : ४ फाल्गुन २०७४, शुक्रबार १२:५१