मेगा बैंक ‘हात–हातमा बैंकिङ’ अभियान सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंक ‘हात–हातमा बैंकिङ’ अभियान सुरु



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘हात–हातमा बैंकिङ’ नामक विशेष अभियान सुरु गरेको छ । बैंकमा खाता भएका सबै ग्राहकलाई आफ्नो खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने गरी ‘हात–हातमा बैंकिङ अभियान’ ल्याइएको मेगा बैंकले जानकारी दिएको छ । मेगा मोबाइल बैंकिङ सेवामा स्वतः दर्ता हुने गरी ल्याइएको यो योजना आफ्ना सबै ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउन थालेको मेगा बैंकले जनाएको छ ।

सेवा लिन इच्छुक नभए नजिकको शाखा कार्यालय वा डीआरइजी टाइप गरि १७१७ मा एसएमएस गर्न बैंकले आफ्ना खाताधनीहरुलाई अनुरोध गरेको छ । मोबाइल बैंकिङ सहज बनाउन मेगाले यसअघि नै एन्ड्रोइड र एप्पल एप्स पनि ल्याइसकेको छ ।

मेगा मोबाइल बैंकिङमार्फत ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रुपमै आफ्नो बैकिङ कारोबारबारे जानकारी पाउन सक्नेछन् । साथै, मोबाइलबाटै आफ्नो खाता विवरणबारे जानकारी, मिनी स्टेटमेन्ट, चेकबुकको लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानीबारे जानकारी लिन सक्ने बताइएको छ ।

यसका साथै, ग्राहकले सहजै मोबाइल रिचार्ज पनि गर्न सक्नेछन । यो सेवा मेगा बैंकको २८ वटै शाखामा उपलब्ध छ ।

प्रकाशित : २७ भाद्र २०७२, आईतवार १४:३५