खतिवडा अर्थमन्त्री बन्ने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खतिवडा अर्थमन्त्री बन्ने निश्चित



काठमाडौं । नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । एमालेका एक शीर्ष नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।

खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ ।खतिवडाको सोमबार नै सपथग्रहण गराइने तयारी गरिएको छ । एमालेका महासचिव ईश्वर पोखरेलको मन्त्रालय टुंगो नलागे पनि सपथको कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ ।

अर्थमन्त्रीमा एमाले महासचिव इश्वर पोखरेललाई नियुक्त गर्ने लगभग पक्कापक्की भएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको रोजाइमा खतिवडा अर्थमन्त्री हुन लागेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्चको आदेशमा रोकिएको छ ।

संवैधानिक व्यवस्था अनुसार खतिवडालाई अदालतको आदेशले मन्त्री बन्न रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

डा. खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट मौद्रीक अर्थशास्त्रमा पि. एच. डी. गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी र जनप्रशासन दुबैमा विशिष्ट श्रेणीमा स्नात्तकोत्तर उत्तिर्ण गरेका छन् । खतिवडासँग श्रीलङ्ककाको कोलम्बोमा युएनडिपिमा बरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव समेत छ ।

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार १५:३४