नयाँ संविधान आगामी असोज ३ गते साँझ ५ बजे जारी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ संविधान आगामी असोज ३ गते साँझ ५ बजे जारी हुने



काठमाडौ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान आगामी असोज ३ गते साँझ ५ बजे जारी हुने भएको छ। राष्ट्रपति संविधानसभामा आयोजित एक बिशेष कार्यक्रममा संविधान जारी

samidhan

गर्ने भए कार्यक्रम भए अनुसार सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति डा रामवरण यादवलाई सो कार्यक्रमका निम्तो दिन सोमबार साँझ राष्ट्रपति कार्यालय शितल निवास जानुहुने भएको छ।

संविधानसभा सचिवालयले राष्ट्रपति डा. रामबरण यादवले सार्वजनिक गर्ने समारोहकोलागि तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। सार्वजनिककरण समारोहमा उपस्थित हुन राष्ट्रपतिलाई निम्तो दिन साँझ ७ बजे सभाध्यक्ष नेम्वाङ जानहुने संविधानसभा सचिवालयले जनाएको छ। संविधानसभाले संविधानमाथिको दफावार मतदान भदौ ३१ गते सक्ने तयारी समेत गरेको छ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार १२:४३