हिमालयन बैंकद्धारा सामाजिक कार्यका लागि आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकद्धारा सामाजिक कार्यका लागि आर्थिक सहयोग



काठमाडौं। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको १ लाख पचास हजार रुपैयाँको वित्तिय सहयोग गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकको नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सोमबार बैंक परिसरमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।

कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया व्यक्त गर्दै मेयर डा. राणाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई व्यक्त गरे ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १३:२९